२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपाका चार सांसदलाई जरिवाना नगर्न आयोगको नाममा अल्पकालीन आदेश



१५ साउन । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई निर्वाचन खर्चको विवरण नबुझाएको कसुरमा जरिवाना नगर्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
रास्वपाका सांसदहरू सोविता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुलीलाई जरिवाना नगर्न उच्च अदालतले सोमबार अल्पकालीन आदेश जारी गरेको हो ।

निर्वाचन खर्चको विवरण निर्वाचन आयोग मातहतका कार्यालयमा बुझाएर सार्वजनिक गर्दा पनि १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध रास्वपाका सांसदहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

अन्तरिम आदेशका लागि छलफल गर्न उच्च अदालतले निर्वाचन आयोग र रिट निवेदकलाई साउन २२ गते बोलाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।