४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने



१६ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा भएको छलफलमा नाउपा सुदूरपश्चिम सरकारमा सहभागी हुन सहमत भएको हो ।

छलफलमा नागरिक उन्मुक्तिले २ मन्त्री पाउने सहमति भएको छ । नाउपाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ । यस्तै प्रदेश सभाका २ वटा समितिको सभापति पनि नाउपाले पाउने सहमति भएको छ । नाउपाको बुधबार बस्ने संसदीय दलको बैठकले सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।