१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीबाट नावालिकालाई बलत्कार गरेको आरोपमा युवक पक्राउ



१८ साउन । १२ वर्षीया बालिकालाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रूकुम मुसिकोट नगरपालिका–३ घर भई काठमाडौं नयाँबानेश्वर थापागाउँ बस्ने १९ वर्षीय बिबेक केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
केसीले ती बालिकालाई गत साउन ४ गतेदेखि ललाई फकाई पटक पटक बलत्कार (जबरजस्ती करणी) गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।
घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ६ : ५८ बजे