१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु



१९ साउन । काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटनापछि पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका २ टोखा चण्डेश्वरी मन्दिर नजिक सडकमा बा.२५ प २९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री खोटाङ घर भई काठमाडौं टोखा नगरपालिका ८ डेरा गरी बस्ने ५० वर्षीया कमला बस्नेतको शुक्रबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ३५ बजे