७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


युद्धका घाउ कोट्याउदै मण्डला (तस्विरहरु)



ललितखबर
२० साउन । केही दिनदेखि राजधानीको मण्डला थियटरमा ‘युद्धका घाउहरु २.०’ मञ्चन भइरहेको छ ।


देश सशस्त्र युद्धको होमिएको कथामा आधारित नाटकले युद्धका पिडाहरु कलाकारहरु मार्फत भनिएको छ । देशमा भएको परिवर्तनपछि नेपाली जीवन उस्तै रहेको अवस्थालाई नाटकमा आक्रोस मात्रै छैन, अझै युद्धका घाउहरु निको नभएकोतर्फ चिन्ता र चासो व्यक्त गरिएको छ ।


मण्डला नाटक विद्यालयका पहिलो व्याचका विद्यार्थी यस नाटकका कलाकार हुन् । कलाकारहरु आदित्य मिश्र,आकाश नेपाली,अनिल कुर्मी,निरज बाबु,संजय विश्कर्मा,सरिता कठायत,सुमित्रा मेहिम र सुस्मिता पोखरेलले नाटकलाई जीवन्त बनाएर प्रस्तुत गरेका छन् ।
नाटकमा प्रयोग भएको पार्शधुन र आवाजहरुले नाटकलाई श्रवणिय बनाएको छ ।

नाटकमा त्रासदीपूर्ण चित्कार, रक्तपातपूर्ण युद्ध र हतियारको प्रयोग कलात्मक रुपले गरेर दर्शकलाई मनोरञ्जन दिइएको छ ।

 

  

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : ३३ बजे