१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शीर्ष नेताको दोस्रो बैठक निष्कर्षबिहीन, मंगलबार फेरि बस्ने



काठमाडौं, २२ साउन । संसद्‍ अवरोध खुलाउने सम्बन्धमा शीर्ष नेताहरूबीच सोमबार बसेको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । बिहान बसेको बैठकमा सहमति नजुटेपछि साढे ३ बजेपछि अर्को चरणको बैठक डाकिएको थियो ।
नेताहरूबीच सहमति हुन नसक्दा मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने भन्दै सोमबारको बैठक टुंगिएको हो । यद्यपि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने संसद्‍को अवरोध खुलाउने विषयमा सबै सहमत रहेको र सकारात्मक रुपमा छलफल बढेको प्रतिक्रिया दिएका थिए ।

नेकपा एमालेका नेताहरूले भने सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेका छन् । एमालेका सचेतक महेश बर्तौलाले भने सरकारको अडानका कारण बैठक रोकिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।