२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणः सुमेरु सिटी अस्पतालकी डाक्टर पुनम पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो



२६ साउन । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित ’नक्कली डाक्टर’ माथि चलाएको अपरेसनमा पुनम थापालाई पक्राउ गरेको छ । उनी शुक्रबार भक्तपुरबाट पक्राउ परेकी हुन्।

पुनम सहित यो अपरेसनमा पक्राउ पर्नेहरुको संख्या एक सांसदसहित ८ जना पुगेको छ। सीआईबीले शुक्रबार नै मोरङबाट मनित चौधरीलाई पक्राउ गरेको थियो।

यसअघि धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको थियो।

‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो।

त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो।

बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डा रामबाबु यादव र एरिना यादव रहेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।