२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णेश्वरको सुन्ताखानमा पास्नीको भोज खाँदा ४० भन्दा बढी बिरामी



२७ साउन । गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा पास्नीको भोज खाँदा एकै गाउँका ४० जनाभन्दा बढी बिरामी परेका छन्। सोमबार एक स्थानीयको घरमा आयोजित पास्नीको भोज खान गएका गाउँले सबै बिरामी परेका हुन्।

भोज खाएर फर्किएका उनीहरुमा निरन्तर पेट दुख्ने, छाडापखाला चल्ने, वान्ता हुने र प्रेसर लो हुने समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालका कार्यकारी प्रमुख डा स्याङवो लामाका अनुसार शुक्रबारसम्म भर्ना हुन आएका ४० जनामध्ये ३० जनाको त्यहिँ उपचार भइरहेको छ भने १० जनाको अवस्था गम्भीर देखिएकाले टेकु रेफर गरिएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।