७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलमा साझा यातायातको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु, आमा घाइते



२८ साउन । ललितपुरको इमाडोलमा साझा यातायातको बसले ठक्कर दिँदा ५ वर्षीय बालकको निधन भएको छ। शनिबार दिउँसो महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बसले पैदल हिँडिरहेका आमा–छोरालाई ठक्कर दिएको हो।

बा.५ ख ८७५२ नम्बरको बसले उनीहरूलाई ठक्कर दिएको थियो। ठक्करबाट ओखलढुंगा घर भई महालक्ष्मी ८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझी र उनका ५ वर्षीय छोरा प्रियास घाइते भएका थिए। घटनापछि प्रहरीले उनीहरू दुबैलाई किष्ट मेडिकल अस्पतालमा पु¥याएको थियो। त्यहाँ उपचारको क्रममा प्रियासको मृत्यु भएको हो।

आमा बबिताको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले महालक्ष्मी नगरपालिका–६ चाँगाथली बस्ने ४७ वर्षीय चालक तहलबहादुर जिरेल पक्राउ परेका छन्। यस्तै बसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।