१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका नेता केशव स्थापितले लिए एमालेको जिम्मेवारीबाट बिदा



३० साउन । काठमाडौंबाट नेकपा एमालेको राजनीतिमा सक्रिय नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन् ।
पार्टीको जिम्मेवारीब बिदा लिने स्थापितको निर्णयपछि सोमबार बसेको सचिवालय बैठकले उनलाई विदा दिने निर्णय गरेको हो ।
स्थापित २०७९ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार थिए । उनी स्वतन्त्र उम्मेदवार वालेनशाहसँग पराजित भएपछि राजनीतिमा निश्क्रिय झैं थिए ।
२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि उनले काठमाडौंलाई सुन्दर बनाउन सडक विस्तार र शहरलाई व्यवस्थित बनाउन उल्येख्य योगदान दिएका थिए ।
अघिल्लो कार्यकालमा उनी काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित समेत भएका थिए ।
स्थापितसँगै बैठकले सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय कमिटीबाट बिदा दिएको बुझिएको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ४ : ५१ बजे