३१ साउन । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ । काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो ।
महानगर प्रहरीका अनुसार फलफूलहरुको फोहोर सडक पेटीमा जम्मा गरेपछि कारबाही गरेको हो ।
नगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाडौं भित्र खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग गरेको थाहा पाए पनि कारबाही गर्ने बताए ।
३१ श्रावण २०८०, बुधबार
14
Shares
प्रतिक्रिया