१ भदौ । सबस्टेसन मर्मतका लागि काम हुने भएपछि शनिबार काठमाडौं उपत्यकाका विभिन्न ८ फिडरबाट ५० भन्दा धेरै स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार सितापाइला फिडरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा अवरुद्ध हुनेछ । यस्तै बाफल फिडर, बलम्बु फिडर, खड्का गाउँ फिडर, हसनटार फिडर, कालीमाटी फिडर, कलंकी फिडर र रापेवे फिडरमा विद्युत सेवा बिहान १० देखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने छ ।
यी फिडरबाट वितरण भएको विद्युतको लाइन काटेर काम गर्नुपर्ने भएकाले यी फिडरको सेवा क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
प्रतिक्रिया