५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर सुधार गृहबाट डेढ सय बढी बालबालिका फरार



४ भदौ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट १ सय ५० जनाभन्दा बढी बालबालिका भागेका छन् । सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सयभन्दा बढी बालबालिका भागेका हुन् ।

सुधार गृहमा करिब तीन सयजना रहेकोमा अहिले ३२ जना किशोरी र केही बालकमात्रै बाँकी रहेको भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

आइतबार उक्त सुधार गृहमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले सोमबार गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका थिए । सोही समयमा भित्र रहेका बालबालिका भागेको बताइएको छ । सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएको थियो ।
भागेका मध्ये केहीलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १० : ५७ बजे