१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको गोदावरीमा इकुडोलका घिमिरे मृत फेला



ललितखबर
८ फागुन । ललितपुर इकुडोलका टिकाराम घिमिरे गोदावरी जंगलमा मृत फेला परेका छन् ।
महानगरिय प्रहरी बृत्त सातदोबाटोका अनुसार गत आइतबार गोदावरी जंगलमा घिमिरे झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
घिमिरे गत माघ १७ गतेदेखि सम्पर्कविहीन भएको भन्दै परिवारले खोजीका लागि महानगरिय प्रहरी परिसर टेकुमा निवेदन दिएका थिए ।
प्रहरी मृत अवस्थामा भेटिएका घिमिरे चिन्न सक्ने अवस्थामा मृत भेटिएका थिए । मृत घिमिरेको शव सडेगले अवस्थामा भेटिएको हुँदा केही दिनअघि मात्रै मृत्यु भएको प्रहरीको आकलन छ ।
उनी दक्षिण ललितपुरको बागमती गाउँपालिका ५ इकुडोल स्थायी घर भइ हाल काठमान्डौ जिल्ला मनमैजु मा डेरा गरि बस्दै आएका थिए ।

बाँडेगाँउ प्रहरीका अनसार गोदावरी पिकनिक गएका युवा युवतीले मृत घिमिरेका शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव सड्ने अवस्थामा भए पनि चिन्न सक्ने अवस्थामा भेटिएको प्रहरीको भनाई छ । उनी गोदावरीस्थित एक बैंकमा सेक्युरिटी गार्डको रुपमा काम गर्ने प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : १७ बजे