५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको भैरव मन्दिरबाट चोरिएको सम्पदा जुरिच र बेइजिङमा लिलामीमा भेटिए



५ भदौ । भक्तपुरको तौमडीस्थित भैरव मन्दिरबाट चोरिएको स्वर्ण तोरण स्विट्जरल्यान्डको ज्यूरिचस्थित कोलर लिलाम गृहमा पाइएको छ ।
यो सुनौलो तोरण सन् २०१९ डिसेम्बर ३ देखि लिलामीमा राखिएकोबारे हराएका/चोरिएका सम्पदाको अन्वेषण तथा घरफिर्तीको अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले बताएको छ । सन् १९७० मा सार्वजनिक भएको ऐतिहासिक हन्टिङ्टन अर्काइभ(जोन सी.) संकलनमा यो तोरणको तस्बिर राखिएको छ । जुरिचको लिलाम गृहमा जानुअघि यो सम्पदा सन् १९८१ मा जर्मनीस्थित एक निजी संग्रहकर्ताकोमा रहेको जनाइएको छ ।

यसैगरी, मुल्चोक, पाटनस्थित तलेजु भवानी मन्दिरमा रहिआएको दुर्गा मूर्ति पनि बेइजिङस्थित हनाइ अटम अक्सन(लिलामी)मा फेला परेको छ । यो मूर्ति सन् ८० दशकको सुरुवातमा हराएको थियो । ‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार, २००७ डिसेम्बर १७ मै लिलामीमा राखिएको सम्पदाको तस्बिर तथा विवरण आर्कियोलोजिकल सर्भे अफ इन्डिया र हिमालयन आर्ट रिसोर्सेजको संकलनमा समेत छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : २४ बजे