१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुरमा चितुवाको आक्रमणपछि एक जना घाइते



 

काठमाडौं
७ भदौं । कीर्तिपुरमा एक कुखुरा फाममा पसेको चितुवाले आक्रमण गर्दा एक कामदार घाइते भएका छन् ।
चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ प्रतिकार गरेर बाँच्न सफल भएका छन् ।
प्रहरीका अनसार कुखुरा फाममा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेको थियो । उनी सामान्य घाइते भएका छन् । चितुवालाई खोरमा थुनिएको छ ।
चितुवालाई डिभिजन वन कार्यालयको टोलीले उद्दार गर्न टोली पुगेको छ ।
केही समयअघि किर्तिपुर सडकमा मोटरसाइकलसँग ठोक्किदा निशान्त चौधरी भघाइते भएका थिए । पछिल्लो समय भएको घटना किर्तिपुर र थानकोटको सिमाना क्षेत्र रहेको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ३ : ०२ बजे