२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बालुवाटार जग्गा प्रकरणमा ८३३ पृष्ठ लामो अभियोगपत्र दायर(पूर्णपाठ)



१० भदाै । बालुवाटार जग्गा हिनामिना प्रकरणमा जोडिएकाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। यो प्रकरणमा जोडिएका कूल ३११ जना विरुद्ध अभियोगपत्र दायर भएको हो। अभियोगपत्र ८ सय ३३ पृष्ठ लामो छ। पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन्।

यस प्रकरणमा जोडिएका २३९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबी अभियोगपत्रमा गरिएको छ। त्यस्तै ६ जना पूर्वसचिवहरुलाई पनि अभियोग लगाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोग लगाइएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रमा सीआईबीले अनुसन्धान गरेर बुझाएको फाइलमा केही संशोधन गरिएको छ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।