८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरबाट युवतीको अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा पक्राउ



भक्तपुर
१४ भदौ । भक्तपुरबाट युवतीको अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चैलागाईले सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई केटी साथीहरूसँग नजिक भई प्रेम जालमा पारी विभिन्न बहानामा अश्लिल फोटो तथा भिडियोहरू खिचेका थिए ।
उनले सम्बन्धको दुरूपयोग गरी नक्कली फेसबुक आइडी बनाई उक्त भिडियोहरू पीडितको आफन्तहरूलाई समेत पठाई चरित्र हत्या गरेका थिए । घटनामा संलग्न चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी पठाइएको छ

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।