२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरबाट एटिएम मेसिन तोडफोड गरेर पैसा चोर्न खोज्ने युवक पक्राउ



भक्तपुर
१४ भदौ । भक्तपुरबाट एटिएम मेसिन फोरेर पैसा चोर्न खोज्ने युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका १० कमलबिनायक भत्केको पाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेपछि दाङ बबई गाउँपालिका २ बस्ने २४ वर्षीय पूर्ण बहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो प्रहरीले बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।