२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै



१५ भदौ । साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ। महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुलचोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो।

महासंघले महिलाहरूले उत्पादित सामग्री प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ। पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिबद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रूपले एकताबद्ध गराउने उद्देश्य रहेको बताए।

उनले महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको जानकारी दिए। मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ।

त्यस्तै महासङ्घकी सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र महिला उद्यमीहरूको विकास संरक्षण गर्नको लागि मेलाको आयोजना गर्न लागेको बताइन। उनले बजारीकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गरिन। उनले सरकारले महिला उद्यमीहरूको विकास प्रवद्र्धन गर्न आवश्यक रहेको बताइन।

महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरूबाट विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु समेत हुने जनाएको छ। मेलामा महिला उद्यमीहरूले स्टल राख्नको लागि उत्साहित देखिएको भन्दै ७० वटै स्टलहरू बुक भइसकेको जनाएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।