९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ



१७ भदौ । ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ का ३६ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ती पुरुषले पीडित किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका–२ त्रिवेणीस्थित जंगलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। बलात्कारको उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि बलात्कारको कसुरमा जिल्ला आदलत ललितपुरबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।