१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नेपालटार र रानीबारीमा श्रृखलाबद्ध दिउँसै रुपमा चोरी



 

१८ भदौं । काठमाडौंको नेपालटार र रानीबारीमा श्रृखलाबद्ध रुपमा दिउँसै चोरी भएको छ ।

प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटार हिलेटोल बस्ने ५० वर्षीय अमृतमान महर्जनको घरमा आइतबार दिउँसो चोरी भएको छ ।
उनको घरमा कोही नभएको अवस्थामा करिब ५ लाख ११ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका २६ रानीबारी डेरा गरी बस्ने २२ वर्षीया एलिना घलेको कोठाबाट पनि चोरी भएको छ।

उनको कोठामा रहेको दराज फोडेर करिब ४ लाख ६२ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ३४ बजे