५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नूः जिप्रका काठमाडौं



१८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा गरेको उत्तेजक टिप्पणीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ।

मेयर शाहले सामाजिक सञ्जालमा ‘चोर सरकार’ भन्दै ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्कीसहितको उत्तेजक सन्देश लेखेपछि बिदा (शनिबार)को दिन शाहको परिवारले ‘निजी कामका लागि सरकारी गाडी प्रयोग’ गरेको विषय सार्वजनिक भएको थियो।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार,’ शाहले सामाजिक सञ्जालमा लेखेका थिए। उक्त विषयमा पछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले आफ्नी पत्नी सवार गाडी रोकेर चेकजाँच गरेपछि शाहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति लेखेको विषय सार्वजनिक भएको थियो।

तर उक्त स्टाटस मेयर शाहले सोमबार फेसबुकबाट हटाएका छन्। फेसबुकमा लेखेको स्टाटस मेट्न वा लुकाउन सुविधा हुन्छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् विगतदेखि नै हुँदै आएको बताएको छ। गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको उल्लेख गर्दै प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने बताएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ३९ बजे