२० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको हो।
खुकुरी प्रहारको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको छ।
खुकुरी प्रहारपछि उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका यादवको टाउकोमा दुई लेअरमा टाँका लगाउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया