१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


यस्ता छन् राजधानीमा हुने आजका कार्यक्रम



काठमाडौं
२२ भदौं । आज २०८० भदौं २२ गते शुक्रबार । राजधानी काठमाडौंमा विभिन्न राजनीतिक, सास्कृतिक र मनोरञ्जनलगायतका कार्यक्रम आयोजना हुदैछन् ।

१.नेकपा (एमाले) भक्तपुर ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा संगठीत सदस्यहरूको सपथग्रहण कार्यक्रम गर्ने ।
स्थान ः– इम्पेरियल बैङकेट, चुनदेवी, भक्तपुर ।
समय ः– ८ः०० बजे ।

२.उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा नेकपा (माओवादी केन्द्र) को कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने ।
स्थान ः– हरिसिद्धि, ललितपुर ।
समय ः– ८ः०० बजे ।

३.नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले सेम्टेम्बर महिनाको ९ र १० तारिखमा भारतमा हुने विकशित देशहरूको शिखर सम्मेलनमा नेपाल जस्तो देशहरुको आर्थिक, जलवायू परिवर्तन तथा वैदेशिक सहयोग सम्बन्धी नीतिहरुको पक्षमा निर्णय गर्न गराउन दवाब दिने हेतुले एशियाका विभिन्न देशहरुमा एकैपटक सांकेतिक रुपमा खबरदारी र शान्तिपूर्ण प्रदर्शन गर्ने ।
स्थान ः– नेपालमा नारायणचौर, नक्साल ।
समय ः– ८ः३० बजे देखि ९ः०० बजे सम्म ।

४.सोमालियन शरणार्थीहरुले सोमालियामा भएको युद्धको कारण आफुहरु विस्थापित हुनु परेको र तत्काल सोमालिया फर्कने स्थिति नरहेकोले आफुहरुलाई ग्ल्ज्ऋच् ले अन्य युरोपेली मुलुक लाई गरेको सहयोग सो सरह सोमालियाका नागरिक हरुलाई गाँस, बास, कपास को ब्याबस्था गर्नु पर्ने माग राखि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान ः– ग्ल्ज्ऋच् को कार्यालय, महाराजगन्ज ।
समय ः– ९ः०० बजे ।

५.चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले विभिन्न माग राखि विरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– ९ः०० बजे ।

६.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५÷०६÷१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १०ः०० बजे ।

७.कैलाली जिल्ला गोदावरी नगरपालिका –१ घर भएका वर्ष २९ का पर्वतराज जोशी सरकार समक्ष गोदावरी नगरपालिका–५ गेटा, कैलालीमा ६०० सैया सहितको शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्न माग राखि धर्ना कार्यक्रम गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १०ः०० बजे ।

८.नागरिकता पिडित संघर्ष समितिले नागरिकता नियमावलीमा ढिला सुस्ती भएकोले सांकेतिक शान्तपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १०ः०० बजे ।

९.आरती साहको न्यायको लागि काठमाडौं माइतीघरमा धर्नामा बसेको ८५ औं दिन पुग्दा पनि सरकारले कुनै वास्था नगरेकोले आरती साहको परिवारको लागि यो सरकार मरिसकेको भन्दै हिन्दु धर्म अनुसार कपाल मुण्डन गरि मरिसकेको सरकारको नौकेस श्राद गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १०ः०० बजे ।

१०.शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने ।
स्थान ः– समितिको सभाकक्ष, सिंहदरबार ।
समय ः– १०ः३० बजे ।

११.अखिल नेपाल महिला संघ सूर्यविनायक नगर कमिटीले प्रशिक्षण तथा तीज विशेष कार्यक्रम गर्ने ।
स्थान ः– शुभकामना पार्टी प्यालेस, सूर्यविनायक, भक्तपुर ।
समय ः– १०ः३० बजे ।

१२.नेकपा (एमाले तारकेश्वर नगरपालिका कमिटीको पुर्ण बैठक बस्ने ।
स्थान ः– नेचर भ्यू पार्क, गोलढुङ्गा ।
समय ः– ११ः०० बजे ।

१३.नेपाल महिला संघ ललितपुरले मंगला देवी सिंहको स्मृति दिवस तथा हरितालिका तीजको शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने ।
स्थान ः– नेपाली कांग्रेस जिल्ला कार्यालय सभा हल, नखिपोट, ललितपुर ।
समय ः– ११ः०० बजे ।

१४.ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान, बेलायत ÷ नेपालले डा.सुरेन्द्र केसी, पूर्व जर्नेल प्रेम सिंह बस्न्यात र प्रा.बालकृष्ण माबोहाङ लगायतको उपस्थितिमा सुगौली सन्धी ताका नेपाललाई सुरक्षित राख्ने सर्तमा ब्रिटिस–गोर्खा सैनिक बनेका नेपाली र उनका सन्ततिहरुलाई ‘नेपाली नगरिकताको निरन्तरता किन ?’ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान ः– संवाद डबली, अनामनगर ।
समय ः– १२ः०० बजे ।

१५.काठमाडौ बुढानिलकण्ठ स्थायी घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष ७६ को बिमला सुनार श्रिमान कृष्ण बहादुर सुनार बाट कुटपिट भएको र अदातलमा मुद्दा दर्ता गर्दा समेत सुनुवाइ नभएको भनि न्यायको माग गर्दै धर्ना दिने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १२ः०० बजे ।

१६.विधायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान ः– समितिको सभाकक्ष, सिंहदरबार ।
समय ः– १२ः०० बजे ।

१७.दिगो विकास तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान ः– समितिको सभाकक्ष, सिंहदरबार ।
समय ः– १३ः०० बजे ।

१८.राष्ट्रवादी नागरिक समाजले हिन्दु राष्ट्र र राजतन्त्र पुनर्वहाली को लागि सडक विद्रोह गर्ने ।
स्थान ः– भोटाहिटी ।
समय ः– १३ः०० बजे ।

१९.काभ्रे मण्डन देउपुर नगरपालिका ११ घर भएका बोध राज न्यौपाने (स्वतन्त्र नागरिक) ले घाटीमा ब्यानर झुन्डाएर विभिन्न मागहरु राख्दै सरकारलाई ध्यानाकर्षण तथा खबरदारी गर्दै ब्यानर प्रदर्शन गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १३ः०० बजे ।

२०.नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेश “ख“ कार्यसमति र मध्यपुर थिमि नगर समितिले हरितालिका तिजको शुभकामना आदानप्रदान तथा दर कार्यक्रम गर्ने ।
स्थान ः– मध्यपुर बैंक्वेट (बाहाखा बजार), भक्तपुर ।
समय ः– १३ः०० बजे ।

२१.नेपाल तरुण दल केन्द्रिय समितिले नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि भएको सांघातिक आक्रमणको विरोधमा विरोध ¥याली तथा सभा कार्यक्रम गर्ने ।
स्थान ः– शान्तीबाटिका, रत्नपार्क ।
समय ः– १३ः३० बजे ।

२२.प्रजातन्त्रवादी महिला प्राध्यापकहरूको शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम हुने ।
स्थान ः– सिद्धार्थ कटेज, कोटेश्वर तीनकुने ।
समय ः– १४ः०० बजे ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : २५ बजे