९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने काठमाडौंकी रत्नकेशरी श्रेष्ठ पक्राउ



२२ भदौ । अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने महिला पक्राउ परेकी छन्। भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन्।
उनलाई शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। ९ लाख रूपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरूद्ध आशामाया लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन्।

अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।