१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको माछापोखरीबाट प्रहरीलाई नै कुटपिटको आरोपमा धमला पक्राउ



काठमाडौं
२४ भदौ । काठमाडौंको माछापोखरीबाट प्रहरीलाई कुटपिटको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा गोरखा आरुघाट गाउँपालिका ४ घर भई हाल काठमाडौं सानोभ¥याङ् बस्ने ३७ वर्षीय सन्तोष कुमार धमलाले प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
उनलाई शनिबार राति पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरीले जानकारी दिएकोे छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ३ : २३ बजे