१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको सिरुटार र काठमाडौं कपुरधारामा चोरी



 

काठमाडौं
२४ भदौ । भक्तपुरको सिरुटार र काठमाडौं कपुरधारामा चोरी भएको छ ।
प्रहरीका अनुसार भक्तपुर सूर्यबिनायक नगरपालिका १ सिरुटारस्थित टासी धुन्जु टोल बस्ने जित बहादुर राईको घरबाट सुनको गरगहना लगायतका सामान गरी करिब ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।
साथै काठमाडौं महानगरपालिका २६ कपुरधारा डेरा गरी बस्ने सप्तरी सप्तकोशी गाउँपालिका ११ घर भएका अमर पैकाराको कोठाबाट कोही नभएको अवस्थामा विभिन्न कम्पनीको ल्यापटप ३ थान शनिबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ३ : ३७ बजे