१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


यस्ता छन् आज राजधानीका गतिविधि



२५ भदौं । देशको राजधानी काठमाडौं उपत्यकामा आज विभिन्न सार्वजनिक गतिविधि हुँदैछन् । प्रजातन्त्र पुर्नस्थापनाका लागि योगदान दिने विपि कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित साहित्यिक महोत्सवलगायत राजधानीमा विभिन्न धर्ना जुलुसर प्रर्दशन कार्यक्रम आयोजना हुँदेछन् ।

१.कोटेश्वर बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनबाट प्रमाणीकरण हुन सफल भएको उपलक्ष्यमा प्रभातफेरी तथा बधाई तथा धन्यवाद ज्ञापन समारोह गर्ने ।
स्थान र समय  : प्रभातफेरी कार्यक्रम क्याम्पस परिसर बाट ७ः०० बजे र बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रम रोयल जडीबुटी ब्यैक्वेट, जडीबुटी १०ः३० बजे ।

२.सोमालियन शरणार्थीहरुले सोमालियामा भएको युद्धको कारण आफुहरु विस्थापित हुनु परेको र तत्काल सोमालिया फर्कने स्थिति नरहेकोले आफुहरुलाई ग्ल्ज्ऋच् ले अन्य युरोपेली मुलुक लाई गरेको सहयोग सो सरह सोमालियाका नागरिक हरुलाई गाँस, बास, कपास को ब्याबस्था गर्नु पर्ने माग राखि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान : युएनएचसिआरको कार्यालय, महाराजगन्ज ।
समय : ९ः०० बजे ।

३.नेपाल हेभी इक्विपमेन्ट अपरेटर संघको केन्द्रीय कार्यसमितिको चौधौ राष्ट्रिय अधिवेशन तथा अपरेटर भेला कार्यक्रम हुने ।
स्थान : दिव्यश्वरी पार्टी प्यालेस, लोकन्थली, भक्तपुर ।
समय : ९ः०० बजे ।

४.चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले विभिन्न माग राखि विरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मणपडला ।
समय : ९ः०० बजे ।

५.राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा पैसा को र भ्रष्टाचार को चलखेल को बिरुद्ध विरोध कार्यक्रम गर्ने ।
स्थान : कालिमाटी तरकारी बजार गेट ।
समय : ९ः४५ बजे ।

६.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५÷०६÷१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

७.कैलाली जिल्ला गोदावरी नगरपालिका –१ घर भएका वर्ष २९ का पर्वतराज जोशी सरकार समक्ष गोदावरी नगरपालिका–५ गेटा, कैलालीमा ६०० सैया सहितको शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्न माग राखि धर्ना कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

८.नागरिकता पिडित संघर्ष समितिले नागरिकता नियमावलीमा ढिला सुस्ती भएकोले सांकेतिक शान्तपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

९.आरती साहको न्यायको लागि काठमाडौं माइतीघरमा धर्नामा बसेको ८५ औं दिन पुग्दा पनि सरकारले कुनै वास्था नगरेकोले आरती साहको परिवारको लागि यो सरकार मरिसकेको भन्दै हिन्दु धर्म अनुसार कपाल मुण्डन गरि मरिसकेको सरकारको नौकेस श्राद गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

१०.सांस्कृतिक जनमत संघले जनमत संघका अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा सांस्कृतिक जनमत संघ केन्द्रीय संयोजक समिति घोषणा तथा पार्टी प्रवेश कार्यक्रम गर्ने ।
स्थान : सिद्धार्थ फुडल्याण्ड पुरानो बानेश्वर ।
समय : १०ः०० बजे ।

११.नेपाली काङ्ग्रेस पार्टीले जननायक बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा भाद्र २४, २५ र २६ गते बिपी साहित्य महोत्सवको कार्यक्रम गर्ने ।
स्थान : नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा, ललितपुर ।
समय : ११ः०० बजे ।

१२.अनेरास्ववियु केन्द्रीय कमिटीले रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा तीज विशेष बृहत साँस्कृतिक कार्यक्रम गर्ने ।
स्थान : त्रि–चन्द्र क्याम्पस, घण्टाघर ।
समय : ११ः०० बजे ।

१३.नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशन प्रतिनिधिका लागि उम्मेदवार मनोनयन कार्यक्रम हुने ।
स्थान : काठमाडौ जिल्ला पार्टी कार्यालय, सुकेधारा ।
समय : ११ः०० बजे देखि १४ः०० बजे सम्म ।

१४.शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठक बस्ने ।
स्थान : समितिको सभाकक्ष, सिंहदरबार ।
समय : ११ः०० बजे ।

१५.नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशन प्रतिनिधिका लागि ललितपुर जिल्लाको उम्मेदवार मनोनयन कार्यक्रम हुने ।
स्थान : पालिका कमिटीले तय गरेको स्थान, ललितपुर ।
समय : ११ः०० बजे देखि १४ः०० बजे सम्म ।

१६.वीपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले नेपाली काँग्रेसका प्रबक्ता एवं अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा ११० औं बी पी जन्म जयन्तीको अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रम गर्ने ।
स्थान : नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी ।
समय : ११ः१५ बजे ।

१७.काठमाडौ बुढानिलकण्ठ स्थायी घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष ७६ को बिमला सुनार श्रिमान कृष्ण बहादुर सुनार बाट कुटपिट भएको र अदातलमा मुद्दा दर्ता गर्दा समेत सुनुवाइ नभएको भनि न्यायको माग गर्दै धर्ना दिने ।
स्थान : माइतीघर मण्डला ।
समय : १२ः०० बजे ।

१८.सनातन विद्वत् परिषद् नेपालले सनातन विद्वत् परिषद् नेपालको साधारणसभामा प्रस्तुत आशौच र आशौचीका नियम विषयक अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान : वेदविद्याश्रम गौशाला, पशुपतिक्षेत्र ।
समय : १२ः३० बजे ।

१९.काभ्रे मण्डन देउपुर नगरपालिका ११ घर भएका बोध राज न्यौपाने (स्वतन्त्र नागरिक) ले घाटीमा ब्यानर झुन्डाएर विभिन्न मागहरु राख्दै सरकारलाई ध्यानाकर्षण तथा खबरदारी गर्दै ब्यानर प्रदर्शन गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १३ः०० बजे ।

२०.नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा कार्यक्रम गर्ने ।
स्थान : पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुर ।
समय : १३ः०० भजे ।

२१.नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय महिला विभाले हरितालिका तीजको शुभकामना आदान–प्रदान, सम्मान एवं विविध संस्कृतिक कार्यक्रम गर्ने ।
स्थान : कार्की ब्याङ्क्वेट, बबरमहल ।
समय : १४ः३० बजे ।
२२. भारतका प्रतिष्ठित पब्लिक इन्टलेक्चुअल प्रा आनन्द कुमारले आज बीपी साहित्य महोत्सवको दोश्रो दिन ११ बजे पार्टी कार्यालय सानेपामा सम्भाषण दिने कार्यक्रम रहेको छ ।
२३.

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : ३१ बजे