६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा आज के हुँदैछ ?



ललितखबर
२६ भदौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको एकाविहानै धिन भएको खबर सार्वजनिक भएसँगै एमालेका पुर्वनिर्धारित कार्यक्रमहरु सबै स्थगित भएका छन् ।
नेता नेम्वाङको शव अहिले पार्टी कार्यालय च्यासल ल्याइदैछ । दिनभर उनको शव श्रद्धाञ्जलीका लागि राखिनेछ भने भोलि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ ।
ऋाजै साहित्यकार राजेन्द्र पराजुलीको समेत निधन भएको छ । यी लगायत राजधानीमा आज विधिध कार्यक्रम हुँदैछन् ।

१.पुर्व सभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएकोले श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय राख्ने ।
स्थान : नेकपा (एमाले) पार्टी कार्यालय, च्यासल, ललितपुर ।
समय : ७ः०० बजे ।

२.नेकपा (माओवादि केन्द्र) काठमाडौं महानरपालिका वडा नं. २८ समितिले जनता संग माओवादि विशेष रूपान्तरण अभियानको उद्घाटन कार्यक्रम गर्ने ।
स्थान : भद्रकाली ।
समय : ८ः०० बजे ।

३.सोमालियन शरणार्थीहरुले सोमालियामा भएको युद्धको कारण आफुहरु विस्थापित हुनु परेको र तत्काल सोमालिया फर्कने स्थिति नरहेकोले आफुहरुलाई ग्ल्ज्ऋच् ले अन्य युरोपेली मुलुक लाई गरेको सहयोग सो सरह सोमालियाका नागरिक हरुलाई गाँस, बास, कपास को ब्याबस्था गर्नु पर्ने माग राखि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान :  ग्ल्ज्ऋच् को कार्यालय, महाराजगन्ज ।
समय : ९ः०० बजे ।

४.चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले विभिन्न माग राखि विरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मणपडला ।
समय : ९ः०० बजे ।

५.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५÷०६÷१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

६.कैलाली जिल्ला गोदावरी नगरपालिका –१ घर भएका वर्ष २९ का पर्वतराज जोशी सरकार समक्ष गोदावरी नगरपालिका–५ गेटा, कैलालीमा ६०० सैया सहितको शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्न माग राखि धर्ना कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

७.नागरिकता पिडित संघर्ष समितिले नागरिकता नियमावलीमा ढिला सुस्ती भएकोले सांकेतिक शान्तपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

८.आरती साहको न्यायको लागि काठमाडौं माइतीघरमा धर्नामा बसेको ८५ औं दिन पुग्दा पनि सरकारले कुनै वास्था नगरेकोले आरती साहको परिवारको लागि यो सरकार मरिसकेको भन्दै हिन्दु धर्म अनुसार कपाल मुण्डन गरि मरिसकेको सरकारको नौकेस श्राद गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

९.पुर्बसुरक्षाकर्मी परिषद नेपाल भक्तपुर जिल्ला समिति भक्तपुर निबासी एकजना पुर्बसुरक्षाकर्मी ठुलो अन्यायमा पर्नु भएकोले न्यायको लागि सृजनानगर स्थित पुर्ब सुरक्षाकर्मी परिषद नेपालको भक्तपुर जिल्ला परिषदको कार्यालयमा जम्मा हुने ।
स्थान : सृजनानगर, भक्तपुर ।
समय : ११ः०० बजे ।

१०.नेपाली काङ्ग्रेस पार्टीले जननायक बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा भाद्र २४, २५ र २६ गते बिपी साहित्य महोत्सव कार्यक्रम गर्ने ।
स्थान : नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा, ललितपुर ।
समय : ११ः०० बजे ।

११.कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा नेपाली उपभोक्ता संरक्षण महासंघ (ँल्ऋए) को दोस्रो साधारण सभा कार्यक्रम हुने ।
स्थान : क्रीष्टल पार्टी प्यालेस, बिजुली बजार ।
समय : ११ः०० बजे ।

१२.काठमाडौ बुढानिलकण्ठ स्थायी घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष ७६ को बिमला सुनार श्रिमान कृष्ण बहादुर सुनार बाट कुटपिट भएको र अदातलमा मुद्दा दर्ता गर्दा समेत सुनुवाइ नभएको भनि न्यायको माग गर्दै धर्ना दिने ।
स्थान : माइतीघर मण्डला ।
समय : १२ः०० बजे ।

१३.नाडा अटोमोबाइल्स एशोशिएस अफ नेपालको आयोजनामा ल्ब्म्ब् ब्गतय क्जयध को उद्घाटन समारोहमा कार्यक्रम हुने ।
स्थान : नेपाल टुरिजम बोर्ड हल, भृकुटी मण्डप ।
समय : १२ः१५ बजे ।

१४.काभ्रे मण्डन देउपुर नगरपालिका ११ घर भएका बोध राज न्यौपाने (स्वतन्त्र नागरिक) ले घाटीमा ब्यानर झुन्डाएर विभिन्न मागहरु राख्दै सरकारलाई ध्यानाकर्षण तथा खबरदारी गर्दै ब्यानर प्रदर्शन गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १३ः०० बजे ।

१५.आरक्ष पिडीत संघर्ष समिति परिवार कञ्चनपुरले शुक्लाफाटा राष्ट्रिय निकुञ्जले उक्त राष्ट्रिय निकुञ्ज भित्र पर्ने जग्गामा बसोबास गर्ने स्थानीय बासिन्दालाई विस्थापित गरेको भन्दै उक्त समितीका अध्यक्ष कर्ण बहादुर चन्द र सचिव प्रेम दत्त भट्टले भोक हड्ताल कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १३ः०० बजे ।

१६.नेकपा (एकीकृत समाजवादी) रामेछाप–काठमाण्डौं सम्पर्क मञ्चले तिजको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने ।
स्थान : अरिकल इभेन्ट, चक्रपथ ।
समय : १३ः०० बजे ।

१७.नेपाल तरुण दल काठमाण्डौ महानगरपालिका वडा नं ३२ वडा समितीले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि भएको सांघातिक आक्रमणको विरोधमा विरोध सभा कार्यक्रम गर्ने ।
स्थान : कोटेश्वर ।
समय : १७ः०० बजे ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।