१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुवास नेम्वाङको अन्त्येष्टि अघि शवयात्रा गरिने, यस्तो छ रुट



२७ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) गरिँदै छ। भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको हो।

उनको अन्त्येष्टि अघि शवयात्रा गरिने एमालेले जनाएको छ। शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

 

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।