५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा सिन्धुपाल्चोकका युवक मृत भेटिए



२९ भदौ । भक्तपुरमा शुक्रबार बिहान एक युवक मृतक फेला परेका छन्। सूर्यविनायक नगरपालिका-१०, चित्तापोलस्थित झोलुङ्गेपुल तलको भित्री सडकमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ३ का २३ वर्षीय शैलेश भारती मृत अवस्थामा भेटिएका हुन्।

भारती हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ नयाँ बस्तीमा बस्ने गरेका थिए।

स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरी वृत्त जगातीबाट प्रहरी टोली घटनास्थल पुगेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए।

पुलमा एकजोर जुत्ता र एउटा मोजा फेला परेको प्रहरीले जनाएको छ। अर्को मोजा भने शवनजिकै भेटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।