८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बुधबारदेखि सुरु हुँदै



२ असोज । बुधबारबाट सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन हुने भएको छ । संविधान दिवसको अवसरमा सुरुवात गर्न लागिएको द्रुत बस सेवा सुरु गर्नका लागि अहिले माकिंङ गरेर छुट्टै लेन तयार गरिएको छ । द्रुत बस सेवाको लेनमा रातो रंगले पोतिएको छ ।

यस सेवा सञ्चालनका लागि सडक विभागले सडकमा मार्किङको काम सकाएको छ भने यातायात व्यवस्था विभागलाई बसको व्यवस्थापनको जिम्मेवारी दिइएको छ । यो सेवा सुरु भएपछि यस लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञ्चालन हुनेछ ।

यस समय बाहेकको समयमा भने अन्य सबै प्रकारका बस यस लेनबाट चलाउन पाइने छ । कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने भएकाले यस लेनमा चल्ने बसले ट्राफिक लाइटमा पनि रोकिन नपर्ने बताइएको छ । परीक्षणको लागि अहिले सूर्यविनायक–रत्नपार्क चलाइए पनि यसलाई पछि विस्तार गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ११ : ५१ बजे