८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती नदीस्थित कटुवाल दहबाट लामाको उद्धार



४ असोज । सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको दक्षिणकालीस्थित बागमती नदीमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ।

गए राति काठमाडौँको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।

पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ र सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलवाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको नेतृत्वमा गएको टोलीले उद्धार गरेको हो।

लामालाई आफन्तको जिम्मा लगाइएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।