२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बाँकेको बाल सुधार गृहबाट भागेका २४५ जना नियन्त्रणमा, ९ जना सम्पर्कविहीन



५ असोज । बाँकेको बाल सुधार गृहबाट भागेका ९ जना अझै सम्पर्कविहीन छन्। बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा शुक्रबार राति १० बजे कैदीबन्दीबीच झडप भएपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार रहेकाे प्रहरीले जनाएकाे छ। झडपकै क्रममा कैदीबन्दीले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन्।

झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका जानकारीअनुसार २४५ जना नियन्त्रणमा आइसकेका छन्। बाँकी ९ जनाको खोजी भइरहेकाे जनाइएकाे छ।

झडपका क्रममा गम्भीर घाइते भएका ११ जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चन गाउँपालिका–४ रुपन्देहीका सुलभ केसी रहेकाे प्हरीकाे भनाइ छ। उनले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।