७ असोज । ललितपुर महानगरपालिकाको नगर प्रहरीले ३ वर्षपछि फेरि लठ्ठी बोक्न थालेको छ । सीताराम हाछेथु प्रमुख बनेर आएपछि नगर प्रहरीले लठ्ठी बोक्न छाडेर नमस्कार गर्ने गरेको थियो ।३ वर्षपछि फेरि संविधान दिवसको अवसर पारेर महानगरले नगर प्रहरीहरुलाई हरियो छडी दिएको छ ।
छडी बोक्न थाल्नुको कारण ललितपुरमा हुने मेला तथा जात्राको भिड नियन्त्रण पनि रहेको नगर प्रहरीको भनाइ छ ।
नगर प्रहरीहरुले ललितपुरमा हुने मेलामा हातले साङ्लो बनाएर भीड छेक्दै आएका छन् । महानगरकै कार्यक्रममा धेरै संख्यामा सर्वसाधारण सहभागी हुँदा पनि अब नगर प्रहरीले छडीको सहायताले रोक्न सक्ने छ ।
प्रतिक्रिया