१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मित्रनगरको जुवा अड्डाबाट पाँच जना जुवाडे पक्राउ



काठमाडौं
७ असोज । काठमाडौं मित्रपार्कको जुवा अड्डाबाट पाँच जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित आस्विन राईको परेली होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु प्क्राउ परेका हुन् । प्रहरीले खानतलासीका क्रममा काभ्रेपलाञ्चोक नमोबुद्द नगरपलिका ७ बस्ने ३८ वर्षीय नारायण खनाल समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको बताएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ३ : १४ बजे