२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु



दमौली (तनहुँ)
८ असोज । तनहुँको व्यास नगरपालिका १२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा आज पोखरामा मृत्यु भएको हो । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।