१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं नयाँबजार बम्बई गल्लीको जुवाखालबाट पाँच जना पक्राउ



काठमाडौं
९ असोज । काठमाडौं नयाँबजार बम्बई गल्लीको जुवाखालबाट पाँच जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका २ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : ४१ बजे