३ माघ २०८१, बिहिबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खुखोलामा पुल निर्माण हुने



१० असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नख्खुखोला पुलमा निर्माण हुने पुलको शिलान्यास गरेका छन् । बुधबार एक कार्यक्रमका बीच ललितपुर महानगर–१४ स्थित नख्खुखोला पुलमा निर्माण हुन लागेको पुलको शिलान्यास मेयर महर्जनले गरेका हुन् ।
साविकका गाविसहरुलाई चक्रपथ भित्रका वडासँग जोड्न पुल निर्माणको काम थालेको महानगरले जनाएको छ । नख्खुखोलामा ४ करोड रुपैयाँ लागतमा निर्मााण हुन लागेको पुलले महानगरको वडा नम्बर १४ नखिपोट र वडा नम्बर २५ र भैसेपाटीलाई जोड्नेछ । यो पुल १८ महिनामा निर्माण सम्पन्न हुने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : २५ बजे