३ माघ २०८१, बिहिबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरपालिकाका वडा सदस्य महर्जन भष्ट्राचारी ठहर



१२ असोज । काठमाडौं महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जन भष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो।

काठमाडौं महानगरपालिका-१४ का वडासदस्य महर्जन २ वर्षअघि २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महर्जनलाई जग्गाको मोहियानी हक नामसारी, नाता प्रमाणीकरण र मालपोत कार्यालयका लागि सिफारिस गर्न सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको भन्दै नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ३० बजे