८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बोधिग्राम टोलबाट चितुवाको छाला बेच्न खोज्दा पाँच जना पक्राउ



१५ असाेज । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहारसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले ललितपुर–१५ बोधिग्राम टोलबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भोजपुरको आमचोक गाँउपालिका–४ बस्ने वर्ष ३९ को लक्ष्मण विश्वकर्मा, सोही स्थानका वर्ष २० को बिनोद कालिकोटे, रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ बस्ने वर्ष ३४ को दलबहादुर आले मगर, धादिङको गल्छी गाँउपालिका–८ बस्ने वर्ष २८ को उमेश दुधराज र वर्ष २० को प्रेमबहादुर विक रहेका छन्। उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुरमा बुझाईएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।