२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इन्द्रजात्रा हेर्न आएका युवकको हत्या आरोपी ललितपुरबाट पक्राउ



१६ असोज । इन्द्रजात्रा हेर्न आएका युवकको हत्याका मुख्य आरोपीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। गोदाबारी नगरपालिका ५ ललितपुरका अरविन ठकुरलाई पाटन क्याम्पस नजिकैबाट प्रहरीले पक्राउ गरेको हो।
ओखलढुंगाको लिखु गाउँपालिका ४ घर भई हाल क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको सोमबार राति हत्या भएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा यसअघि एक महिला र एक पुरुषलाई पक्राउ गरेको भएपनि उनीहरुको संलग्नता पुष्टि भइनसकेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। परिसरका अनुसार ठकुरीले भने चक्कू प्रहार गरेका थिए।
भैरवको पसलमा रक्सी खाने विषयमा उनीहरुबीच झगडा भएको र पछि सोही विषयलाई लिएर कार्कीमाथि धारिलो हतियार प्रहार भएको अभियुक्तले प्रहरी समक्ष बताएका छन्।
राति साढे ११ बजे धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको थियो। ट्रमासेन्टरबाट त्रिवि शिक्षण अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।