८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भद्रकालीमा सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु



१९ असोज । काठमाडौंमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार राति साढे ७ बजे काठमाडौं‌ महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ७.५ टन ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो।

सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको प्र.-३-०१‍-००१ग ३७०५ नं.को ७.५ टन ट्रकले बा.प्र -०२ -०१८ प ९२७७ नं.को स्कुटरलाई ठक्कर दिएको हो।
ठक्करबाट स्कुटर चालक काठमाडौं महानगर-१३ ताहाचल बस्ने ३२ वर्षीया आकृती शर्माको मृत्यु भएको हो। ठक्करपछि घाइते भएकी उनको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो।

त्यहाँ उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।