२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने



१९ असोज । दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यातायात व्यावसायीबीच भएको सहमति अनुसार २२ असोजदेखि चार्डपर्व लक्षित टिकट बुकिङ खोल्ने सहमति भएको हो।

बर्षेनि दशैँ, तिहार र छठ जस्ता पर्वमा राजधानी काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन्। एकैपटक यात्रुको चाप बढ्ने भएकाले व्यवस्थापनका लागि दसैं‌अघि अग्रिम टिकट बुकिङ खोल्ने गरिएको छ।

वर्षातका कारण बिग्रेका सडकहरु तत्काल सुधार गर्न मन्त्री ज्वालाले करिव १५ दिन अगाडी नै निर्देशन दिइसकेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।