८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बझाङमा मध्यरात फेरि शक्तिशाली भूकम्पको धक्का



२५ असोज

बझाङमा फेरि मध्यराती भूकम्प गएको छ । बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यरात भूकम्प गएको हो ।
मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिएका छन् । उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प गएका छन् ।
अहिलेसम्म भूकम्पले के कति क्षति पु¥याएको छ भन्नेबारे विवरण आइसकेको छैन ।
पछिल्लो समय बझाङ केन्द्रबिन्दु बनाएर निरन्तर ठूलासाना भूकम्प गइरहेका छ ।

गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।
अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन् । सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको खप्तडछान्ना गाउँपालिका ५ का राजेश कार्कीले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।