२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बस पल्टिँदा एकको मृत्यु, ३० जना घाइते



खजुरा (बाँके)
२९ असोज । बाँकेको खजुरा गाउँपालिकामा एक विद्यालयको बस पल्टिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने ४० विद्यार्थी सवारमध्ये ३० सामान्य घाइते भएका छन् ।

खजुरा गाउँपालिका नजिकै रहेको दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका ६ का १२ वर्षीय ऐसव नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक अशोक मल्लले बताए ।

प्रहरी निरीक्षक मल्लका अनुसार आज साँझ विद्यायलबाट घर पु¥याउने क्रममा खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको ना ४ ख ६५१ नम्बरको बसको स्टेरिङ फेल भएर पुलबाट बस पल्टिँदा विद्यार्थी नेपालीको मृत्यु भएको हो ।
घाइते भएकालाई स्थानीय अस्पतालतमा उपचार गराई घर फर्काइएको छ । एक गम्भीर घाइतेलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।