३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा यात्रुसँग बढी भाडा लिने तीन वटा बस कारबाहीमा



३० असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले यात्रुसँग बढी भाडा लिने सवारी चालकलाई कारबाही गरेको छ। यात्रुहरूसँग बढी भाडा लिनसक्ने भन्दै कार्यालयले विभिन्न ठाउँमा छड्के चेकपोष्ट राखेको छ। काठमाडौंबाट गुड्ने लामो दूरीका सवारी साधनलाई केन्द्रित गर्दै ट्राफिक प्रहरीले चेकिङ गर्दै आएको हो।
सोमबार र मंगलबार गरी काभ्रे ट्राफिक प्रहरीले तीन वटा बसलाई कारबाही गरेको प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए।

ट्राफिक प्रहरीले सोमबार बा ५ ख २००५ र बा ५ ख ५१ नम्बरको बसलाई कारबाही गरेको छ। यस्तै, मंगलबार बिहान बा ३ ख ६४२८ नम्बरको गाडीलाई पनि कारबाही गरेको हो।

काठमाडौंदेखि झापासम्मको भाडा १७२५ रुपैयाँ छ। तर उनीहरूले यात्रुहरूसँग २१००, २२०० र २००० रुपैयाँ लिएको पाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तीन वटा गाडीमा सवार ७० यात्रु ठगीमा परेपछि ट्राफिक प्रहरीले चालकबाट बढी भाडा असुल गरी यात्रुलाई फिर्ता गराएको हो।

७० पीडितलाई जम्मा २१ हजार ८०० रुपैयाँ फिर्ता गराइएको पनि कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : ५१ बजे