३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेको सडकमा चलाउन टिपर चलाउन निषेध



१ कात्तिक । काभ्रेमा टिपर चलाउन रोक लगाइएको छ । चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
घटस्थापना कै दिन टिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २ गते विहान ५ बजेदेखि कार्तिक १३ गते राती ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार चाडपर्वको समयमा सवारी साधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिलता पैदा हुने भएकाले जिल्लाभित्र र जिल्लाभित्रको अरनिको राजमार्ग र वीपी राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो ।

 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : ०३ बजे