११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दशैंमा दशा : काठमाडौंको नयाँबजारमा करेन्ट लागेर महिलाको मृत्यु



काठमाडौं
५ कात्तिक । देशभर बडादशैंको महाष्ठमी मनाइरहँदा राजधानीको नया बजारमा भने करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका १ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित आफैले संचालन गरेको चौधरी खाजा घरमा फ्रिज चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महारजगंजस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकोे छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ४ : ०३ बजे